बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोशी सरकारविरुद्धको मुद्दामा आज फैसला आउने

मंगलबार, असार ११ २०८१

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा अहिले जवाफी बहस भइरहेको छ । बहस सकिएमा सम्भवतः यस मुद्दामा आज नै अन्तिम फैसला आउने छ ।

गत जेठ ३१ गतेदेखि निरन्तर हुँदै आएको बहस हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।