शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य अंकले बृद्धि, पाँच अर्ब सात करोडको सेयर किनबेच

सोमबार, असार १० २०८१

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन झण्डै छ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव २१ अंकले बढेर दुई हजार ६६ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १९ पटकको कारोबारमा एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ६३ अंकले बढेर चार हजार ७६ दशमलव ९३ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ५२ दशमलव ३२ अंकले बढेर २५ सय २१ दशमलव ६२ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि चार दशमलव ९० अंकले बढेर २५ सय ८० दशमलव शुन्य सात अंकमा पुगेकोमा लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव १९ अंकले घटेर एक हजार ८६ दशमलव ५६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ७७ अंकले घटेर नौं हजार नौं सय २३ दशमलव ८१ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि नौं दशमलव ६७ अंकले घटेर १० हजार पाँच सय ५१ दशमलव ४६ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकमा कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था नैं परेको छ ।