काठमाडौँ । आज बसेको मम्त्रिपरिषदको बैठकको निर्णय अनुसार निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको छ ।
बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।
बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ ।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । अर्याल स्वतः निलम्बनमा परेपछि हिजोदेखि नै गड्तौलाले निमित्त मुख्य सचिवको भूमिका निर्वाह गरेकी थिइन् ।
यस्तै सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
जसअनुसार अब ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने छन् ।
देशभरका जनप्रतिनिधिहरुले वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै आाएका थिए ।