काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक जारी छ ।
आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिबारे निर्णय हुने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा बहालवाला मुख्यसचिव अर्यालसहित १२ प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
३८ करोड ६७ लाख बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दामा ११ व्यक्ति र १ कम्पनी प्रतिवादी छन् ।