काठमाडौं । काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनालाई सिफारिस गरेको छ ।
सिफारिसमा पर्नेहरुमा प्राडा गुरुप्रसाद खनाल, प्राडा. सुजनबाबु मरहट्टा, प्राडा. सुदीप आचार्य र डा. सरला श्रेष्ठ रहेका छन्।
नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको हो। चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन्। सोही पदका लागि नाम सिफारिस भएको हो।
२० जनाले आवेदन दिएकोमा प्रारम्भिक छनोमा १२ जना परेका थिए। मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुन लागेको हो।