शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कोपा अमेरिकाः क्यानडालाई पराजित गर्दै अर्जेन्टिनाकाे विजयी सुरुवात

शुक्रबार, असार ७ २०८१

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ ।

अर्जेन्टिनाले क्यानडालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । ।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो ।

पहिलो हाफलमा क्यानडाले अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा २ गोल गर्दै अर्जेन्टिनाले २–० को जित निकालेको हो ।

अर्जेन्टिनाका लागि खेलको ४९ औँ मिनेटमा जुलियन अल्बारेजले गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको ८८औँ मिनेटमा लउटारो मार्टिनेजले गोल गरेसँगै अर्जेन्टिनाले २-० को जित निकालेको हो ।