शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

झापामा दुई सवारी एक आपसमा ठक्कर खाँदा २१ जना घाइते

मंगलबार, असार ४ २०८१

झापा । झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुली मोडमा मंगलवार बिहान दुई सवारी एकापसमा जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नंको यात्रु बस एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परेर बसमा सवार रहेका २१ जना यात्रुहरुहरु घाइते भएको र उनीहरूको उद्धार गरेर उपचारका लागि दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना, लाइफलाइन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाइएको छ ।

स्थानीय दमक अस्पतालमा उपचार हुन नसकेकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ ।