विराटनगर । मोरङको रतुवामाई नगरपालिका- ४ झुर्कियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
घरमै बसिरहेका बेला बिहान ७ः३० बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।