बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चितवनमा हतियार देखाएर ३ केजी सुन, ३५ केजी चाँदी चोरी

आइतबार, असार २ २०८१

भरतपुर । चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ ।

गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

सुनचाँदी पसलबाट ३ किलाे सुन सहित ३५ किलाे चाँदी र नगद दुई लाख रूपैया चाेरी भएकाे चितवन प्रहरीले जनाएकाे छ ।

चाेरी भएकाे भनिएकाे ७७६.८१ ग्राम सुन सोहि पसलमा फेला परेको छ । पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी हतियार देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ ।

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेकाे आशंकामा चितवन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।