शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

काभ्रेमा एमालेको कुशल नेतृत्व, अध्यक्षमा राजन भुर्तेल विजयी

बिहिबार, जेष्ठ ३१ २०८१

काभ्रे । राजन भुर्तेलको अध्यक्षतामा नेकपा एमाले काभ्रे जिल्ला कमिटीकाे नयाँ कु्शल नेतृत्व चयन भएको छ ।

बुधबार सम्पन्न भएको एमाले काभ्रेको १३औं अधिवेशनबाट अध्यक्षमा भुर्तेल विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले हराउँदै भुर्तेल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका लागि भुर्तेलले ३८० मत र लामाले २९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

आगामी कार्यकालका लागि उपाध्यक्षमा देवशागर लामा सचिवमा राजकुमार सापकोटा उपसचिवमा रत्नकुस रन्जितकार र उपसचिव महिलातर्फ सुर्यमाया दनुवार लगायत अधिवेशनबाट निर्वाचित भएका छन् ।

विद्युतीय मेसिनबाट मतदान सम्पन्न भएको निर्वाचनमा ६७९ मत खसेको थियो । कुल ६८६ जना मतदातामध्ये ७ जना निर्वाचनमा सहभागी भएका थिएनन् ।

सर्वसम्मतको प्रयास भएपनि अन्तिममा यहाँ दुई प्यानलबिच निर्वाचन भएको थियो ।

धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।