शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

रुपन्देहीमा बस दुर्घटना, ४३ जना घाइते

बुधबार, जेष्ठ ३० २०८१

बुटवल । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा  ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् । उनीहरुकाे बुटवलका  विभिन्न अस्पतालमा सामान्य उपचारपछि  १९ जना डिस्चार्ज भइसकेको र अन्य २४ जनाको उपचार जारी  रहेको छ ।