शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

झोलुंगे पुलको लट्ठा चुडिएर पुलमा हिँडिरहेका खच्चड च्यापिए

आइतबार, जेष्ठ २७ २०८१

अछाम । अछाममा झोलुंगे पुलको लट्ठा चुडिएर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै च्यापिएका हुन्।

आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ।

अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।