काठमाडौँ । नेपाली सेनाका सिपाही हरिचन्द्र गिरीले पाँचौं गिनिज बुक अफ रेकर्ड राखेका छन् ।
गिरीले पाँचौ पटक ‘मस्ट स्किप्स अन अपराइट टायर इन वान मिनट–२०२४’ शीर्षकमा विश्व रेकर्ड राखेका हुन् ।
सेनामा ११ औँ वर्षमा सेवा गरिरहेका गिरीले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मिनेटमा १२० पटक स्किपिङ खेलेर रेकर्ड बनाउन सफल भएका हुन् ।
दाङको राप्ती गाउँपालिका–४ का स्थानीय गिरीले यसअघि चारवटा विश्व कीर्तिमान राखेका थिए ।
यसअघि हातले टेकेर भर्याङको ५० खुड्किला १२ दशमलव ६५ सेकेन्डमा पुरा गरेर उनले स्विट्जरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्ड ब्रेक गरे ।
२०२२ मा उनले आफ्नो खुट्टाको बिचमा फुटबल च्यापेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाए ।
गिरीले आफ्नो खुट्टाबिचको फुटबलको साथ हातले सबैभन्दा छिटो १० मिटर हिँडेर कीर्तिमान कायम गरेका थिए ।
बुवा शालिकराम गिरी र आमा गोमा गिरीको कोखबाट जन्मिएका हरिले अब पाँचाै रेकर्डका लागि टायरमाथि एक मिनेटमा १२२ पटक ‘स्किपिङ’ खेलेर विश्व कीर्तिमान राखेका हुन् ।
हिमालयन रोडिसको सिजन ४ मा समेत सहभागि भएका गिरीलाई नेपाली सेनाका महासेनानी अच्युतम भण्डारीले सेनाको खेलकुद केन्द्रमा ल्याएर उनको प्रतिभालाई निखार्न एउटा जिम्मेवार संगठनले खेल्नुपर्ने भूमिकालाई पूरा गरेका थिए ।
नेपाली सेना जस्तो गौरवमय इतिहास भएको संगठनका असल एवं असाधारण शक्ति र सन्तुलन रहेका गिरीले संगठन कार्यरत रहेकै अवस्थामा पनि मुलुकलाई विश्वमाझ चिनाउन सकिने उदाहरण पेश गरेका छन् ।