शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

११ देशका राजदूतहरु फिर्ता

शुक्रबार, जेष्ठ २५ २०८१

काठमाडौं  । सरकारले छिमेकी राष्ट्र भारतसहित ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सत्ता गठबन्धनको समयमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारले भारतसहित अमेरिका, बेलायत, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क, इजरायल, कतार, र दक्षिण कोरियाका राजदूतलाई फिर्ता बोलाउन लागेको हो ।

यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए ।

फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् ।

फिर्ता बोलाउन लागेका राजदूतहरु अधिकांश कांग्रेस कोटाका राजदूत  छन् ।