बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधनमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ । अरू टोली निर्माण हुन्छ,” उनले भनिन्।

भारतमा चुनाव चुनावपछि नयाँ सरकार गठन हुँदै छ ।