बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दक्षिणकालीको केराबारी खोंचमा महिला र पुरुष मृत भेटिए

बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव भेटिएको छ ।

फेला परेको शव एकजना महिला र अर्को पुरुषको भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ ।

अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकालेकाे छ । उनीहरुकाे पहिचान हुन बाँकी रहेकाे छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।