शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रहरी नियन्त्रणमा

बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी थिइन् ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् ।

उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।