शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

बुधबार, जेष्ठ २३ २०८१

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

कार्कीले दायर गरेको रिट श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा छ । यसअघि १६ जेठमा मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेपनि हेर्न नभ्याइनेमा परेको थियो ।

निर्वतमान मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन् ।

प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए । सनाखतपछि प्रदेश प्रमुख परशुराम  खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।