काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्सँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो ।
सामान्य लक्ष्य दिएको नेपालले केही उत्कृष्ट अवसरहरु गुमायो । सोमपाल कामी र कप्तान रोहित पौडेले तुलानात्मक रुपमा सजिलो क्याच लिने अवसरबाट चुकेका थिए।
कप्तान रोहित पौडेलले केही सट हान्न खोजेपनि उनको पनि कुनै जोर चलेन ।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य डच टोलीले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो ।नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरेका थिए ।
डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहनुभयो । म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट भएका थिए।तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गरे ।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराए । दिपेन्द्र सिंह ऐरिले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पारेका थिए । दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे ।
ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराएका थिए ।
त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १०६ रन बनाउँदा अलआउट भयो ।
नेदरल्यान्डस्विरुद्ध नेपालको ब्याटिङलाइन चल्न सकेन । नेपालका कुनै पनि खेलाडीले हात खोलेर ब्याटिङ गर्न सकेनन् । सुरुवातदेखि नै डट बलको दबाबमा परेको नेपाल एकपछि अर्को विकेट झरे पछि खुलेर खेल्न नसकेको देखिन्थ्यो । रन जोड्न भन्दा पनि विकेट नगुमाउने प्रयासमा नेपाली ब्याटरहरुको प्रदर्शन कमजोर देखिन्थ्यो ।
रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङसलाई सधाझैँ लामो समयअघि बढाउन नसक्दा नेपाल सस्तैमा समेटिएको थियो ।
नेपालको ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न नसक्दा मध्ये र तल्लो क्रमका ब्याटर दबाबमा देखिका थिए ।नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उनहाँले ३७ बलमा ५ चौका प्रहार गरेका थिए ।
नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो । नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए ।
अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे । कुशल मल्ल ९ रनमा क्याच आउट भए । अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए । अनिलले १२ बलमा २ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए । कुशल मल्ल ९ रनमा क्याच आउट भए ।
कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्किए ।
तल्लोक्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाएपनि जितमा परिणत हुन सकेन ।
१७ रन बनाएका करण केसी १९ औँ ओभरको पाचौँ बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट भए । करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाएका थिए।
गुल्सन झा १४ रनमा बोल्ड आउट भए। अविनास बोहोरा शुन्य रनमा कट एण्ड बोल्ड भए । सागर ढकाल शुन्य रनमा अविजित रहेका थिए ।
नेपाललाई सामान्य योगफलमा रोक्न नेदरल्यान्डस्का टिम प्रिंगलले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन खर्चिए । लोगान भान विकले ३ विकेट आफ्नो नाममा गरे। पल भान मिकेरेन र बास डे लिडले समान २ विकेट झारे ।