शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सशस्त्र प्रहरी बलले बनायाे २४ सै घण्टा परिचालन गर्नेगरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली

बुधबार, जेष्ठ २३ २०८१

काठमाडौँ । वर्षायाम सुरु भएसँग सशस्त्र प्रहरी बलले २४ सै घण्टा परिचालन गर्नेगरी डेडिकेटेड मनसुन प्रतिकार्य टोली बनाएको छ ।

टोलीमा विपद् व्यवस्थापन तालिम गरेका कर्मचारीहरू समावेश छन् ।

बाढी, पहिरो र डुबानमा परेकाहरूको तत्कालै उद्धारको लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुनको नफ्रिमा टोली गठन गरिएको हो ।

गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माईनस प्लाटुन तथा अन्य युनिटहरुमा १ सेक्सनको नफ्रिमा मनसुन प्रतिकार्य टोली गठन गरिएको छ ।

प्रदेशस्थित सबै बाहिनी र उपत्यकाको पशुपतिनाथ बाहिनीमा तत्काल परिचालन गर्नेगरी ३ प्लाटुन जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

सबै बाहिनीबाट ५० वटा टोली हाल विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युमेन्टहरु, डिजास्टर रिलिफ सिष्टम कन्टेनर र मास क्याज्यूल्टी भेहिकल समेत तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्रले जोखिमयुक्त ठाउँहरूमा विपद् सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।