काठमाडौं । मेक्सिकोमा भएको राष्ट्रपति निर्वाचनमा क्लाउडिया सेनेबाम निर्वाचित भएकी छिन्। उनी मेक्सिकाको पहिलो महिला राष्ट्रपति हुने भएकी हुन्।
सेनेबाम यहुदी सम्प्रदायकी पहिलो यहुदी राष्ट्रपति पनि भएकी छिन्।
जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्वमेयर ६१ वर्षीया सेनेबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरेकी थिइन्।
मतदाताहरूलाई धन्यवाद दिँदै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताइन् । सेनबामले भनिन्, ‘गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु । हामीले पूर्णरूपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं ।’