शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

भाजपाको खस्किँदो साख

बुधबार, जेष्ठ २३ २०८१

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ । भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ ।

भारतको बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाबाट २४१ सांसद निर्वाचित भएका छन् । चुनावी परिणामसँगै उनले उल्लेख्य शक्ति गुमाएका छन् ।

बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो ।

भारतको लोकसभा निर्वाचनमा भाग लिएकामध्ये चारवटा कम्युनिस्ट पार्टीले संसदमा प्रतिनिधित्व पाएका हुन् । तीमध्ये सबैभन्दा ठूलो भारतीय कम्मयुनिस्ट पार्टी माक्र्सवादीले ४ सीट जितेको छ ।

उसले देशभर ५२ जना उम्मेदवार खडा गरेकोमा ४० जना पराजित भए । यो पार्टीका महासचिव सिताराम यचुरी छन् । उनको पार्टीले तमिलनाडुमा २ सीट,केरल र राजस्थानमा एक एक सीट जितेको छ ।

भाजपाको गिर्दो साखका कारण यहाँ एकल बहुमतको सरकार नबन्ने भएको छ । अब गठबन्धन गरेर सरकार बनाउनु पर्ने छ । भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ । भाजपा एक्लैले सरकार बनाउन सम्भव नभए पनि उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले भने बल्लतल्ल बहुमत सिट जितेको छ ।