काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने छ दशमलव २२ अंकले बढेर दुई हजार ८५ दशमलव ३० अंंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७२ दशमलव शुन्य दुई अंकले चढेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख पाँच हजार सात सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब आठ करोड ४७ लाख १५ हजार आठ सय ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुचक १५ दशमलव ४७ अंकले घटेर २४ सय ९८ दशमलव ४६ अंकमा झरेकोमा सामुहिक लगानी कोष र अन्य समुहको सुचक क्रमशः शुन्य दशमलव शुन्य दुई र तीन दशमलव ९२ अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ३२ अंकले बढेर ११ सय २४ दशमलव ६५ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि २३ दशमलव १८ अंकले बढेर चार हजार ७४ दशमलव ६३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि छ दशमलव ४२ अंकले बढेर २२ सय एक दशमलव ९९ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ३७ अंकले बढेर १० हजार एक सय ९८ दशमलव ३४ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ६४ अंकले बढेर चार हजार पाँच सय ५३ दशमलव ९५ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ ।