काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९: १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
यसैबीच नेपाली क्रिकेटका लागि आज ऐतिहासिक खेलको दिन भएको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली टिमलाई सफलताको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले , ‘आज २२ जेठ २०८१ का दिन नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ । शुभकामना टिम नेपाल !’ भनेर लेखेका छन् ।’
नेपालले १० वर्ष पछि आइसिसी टी–२० विश्वकप खेल्न लागेको हो ।
समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि शुरु हुने छ ।
आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी २० खेल भएका छन् ।
जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।