झापा । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।
सोमबार साँझ बोलेरोमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जवेगुले बताए ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा इलामको माङसेवुङ- ५ कि सर्मिला फागो र माङसेवुङ-३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङ छन् ।
निरुको भने घाइते अवस्थामा उद्वार गरी उपचारार्थ दमकको लाइफलाईन अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी (डिएसपी) प्रकाश जवेगूले बताए ।
झापाको दमकदेखि इलामको लारुम्बाका लागि छुटेको लु १ ९४९१ नम्बरको बुलेरो सोमबार साँझ करिब छ बजे चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोलाले बगाएको थियो ।
निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ ।
लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।