शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कोशीको नीति कार्यक्रम आज सार्वजनिक हुँदै

सोमबार, जेष्ठ २१ २०८१

विराटनगर । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कोशी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ ।

कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । ‘प्रतिनिधि सभामा पनि हाम्रो विरोध थियो,’ थापाले भने ‘त्यसकै विरोधस्वरूप हामीले यहाँ बहिस्कार गरेका थियौं ।’

प्रतिनिधि सभामा अवरोध हटेकाले प्रदेश सभाको बैठकमा सहभागी हुने उनको भनाइ छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक कांग्रेसले बहिस्कार गरेको थियो ।

नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो ।