हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय कल्पना थिङ स्याङ्तान रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ मकवानपुरगढी गाउँपालिका वडा-८ ओखरडाँडा भिरबाट खसेर स्याङ्तानको मृत्यु भएको हो।
भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको हो ।
स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ।