काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीतको भिडियो सार्वजनिक भएको ।
यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिम टी- २० विश्वकप क्रिकेट खेल्न अमेरिका गएको छ ।
सोही अवसरमा पूर्वप्रधानमन्त्री ओलीले लेखको खेलकुद गित ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको हो ।
यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् ।
उनको स्वरमा आरसी रिमालले साथ दिएका छन् ।
उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।