शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

ज्येष्ठ नागरिककाे हत्या आरोपी तीन सातापछि पक्राउ

बिहिबार, जेष्ठ १७ २०८१

झापा । ज्येष्ठ नागरिक विष्णुमाया विष्टको हत्यामा सम्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । हत्या आरोपमा २१ वर्षीय गंगा राजवंशी र २७ वर्षीय महेश राजवंशी बुधबार पक्राउ परेका हुन् ।

झापा बिर्तामोड नगरपालिका ४ कालिकानगरकी ६८ वर्षीया विष्टको तीन साता अघि हत्या भएको थियोे । एक्लै रहेकी विष्टको वैशाख २६ गते मध्यरातमा घरभित्रै हत्या भएको थियोे ।

गंगाले विष्णुमायाको हत्या आफू र महेश मिलेर गरेको स्वीकारेका छन् । महेश उपर अनुसन्धान जारी रहेकोले प्रहरीले स्रोतले जनाएको छ । उनीहरू सोही वडाका बासिन्दा भएको बुझिएको छ ।

विष्टको हत्यारामा सम्लग्न खोज्न सिआइबी, कोशी प्रदेश , जिल्ला प्रहरी झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चारवटा टोली खटिएको थियोे ।

घटना भएकै दिन धरानबाट तालिम प्राप्त कुकुर ल्याएर हत्याराको पहिचानमा जुटेपनि प्रहरीले कुनै सुराक पाएको थिएन । २१ दिन बितिसक्दा पनि प्रहरीले कुनै सूचना चुहाएको थिएन ।

स्रोतका विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत बरामद भएको छ । गंगाले कल (ट्युबवेल) को छेउमा उक्त सुन गाडेको अवस्थामा प्रहरीले मरामद को हो । उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसबेला हत्यामा सम्लग्न व्यक्तिले बाहिरबाट ल्याएको मम विष्टको घरभित्रै खाएको र दिशा समेत गरेको हल्ला चलेको थियोे । यो विषयमा समेत प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन ।