काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।
यसअघि आज १ बजे बस्ने भनिएको सदनको संयुक्त बैठक तीन बजेका लागि सारिएको छ । त्यस अघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
जसका कारण यसअघि ४ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक पनि सर्ने भएको छ ।
मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ । बजेट अर्थमन्त्री वर्षमान पुनले वाचन गर्नेछन् ।