शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग प्रधानमन्त्रीले गरेकाे छलफल निष्कर्ष विहीन

सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा आज पनि सहमति हुन सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु बाहिरिएका छन् ।

बालुवाटार बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’

उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए।