शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

बालुवाटारमा शीर्ष नेताहरु सहित कार्यदलको संयुक्त बैठक जारी

सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं ।  सहकारी बचत अपचलनमा छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदल र दलहरूका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सोमबार सरकारले बजेट पेस गर्ने कार्यक्रम रहेकाले पनि त्यसअगाडि नै दलहरू सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसमेत छन् ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको कार्यादेशमै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान लिएपछि दलहरूबीच सहमति जुट्न सकेकाे छैन ।

छलफलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् ।

रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाको असहमति छ ।