बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको एकल इजलासले गिरीलाई दोषी ठहर गरेको हो ।

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी गरेको आरोप छ ।

गिरीकी श्रीमती आरती रावलले मुद्दा दायर गरेकी थिइन् । गिरीलाई यसअघि जिल्ला अदालत र उच्च अदालतको फैसलाले तारेमा छाडेपनि सर्वोच्च अदालतले थुनामा पठाउने आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश अनुसार गिरी थुनामा छन् ।