शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सहकारी ठगीविरुद्ध आज कांग्रेसले काठमाडौमा प्रदर्शन गर्ने

आइतबार, जेष्ठ १३ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिना तथा ठगीविरुद्ध आज प्रदर्शन गर्दैछ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो।

विरोध प्रदर्शनका लागि पार्टीले उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ। प्रदर्शनपछि दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्ने कांग्रेसले जनाएको छ।

सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर   कांग्रेसले उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो। उपत्यकापछि क्रमशः प्रदेश र जिल्ला तहमा पनि आन्दोलन गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसका भ्रातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघलगायत यसअघि नै सडकमा आइसकेका छन् ।

कांग्रेसले आजको प्रदर्शनलाई सरकारको अलोकतान्त्रिक र असंवैधानिक रवैया र सहकारी ठगीविरुद्ध भनेको छ ।
काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।