शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कैलाश सिरोहिया अस्पताल भर्ना

शनिबार, जेष्ठ १२ २०८१

जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार सिरोहिया काव्या अस्पतालमा उपचाररत छन् ।

सिरोहिया भर्ना भएको काव्या अस्पताल धनुषाको सबैभन्दा सुविधासम्पन्न अस्पताल हो । शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद थप गरेका थियो ।

यसअघि मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद गरिएको थियो । प्रहरीले सिरोहियालाई गत मंगलवार काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।