काठमाडौं । मध्याह्न १२ बजेदेखि उडानरअवतरण बन्द भएको त्रिभुवन विमानस्थल पुनःसञ्चालनमा आएको छ ।
धावनमार्गको कोटेश्वरतर्फको भाग ९०२ सी डी मा क्य्राक देखिएपछि कयौँ जहाजहरू आकाशमै होल्ड गरेर धावनमार्गको चिरा मर्मत गरी विमानलाई अवतरण गराइएको हो। सो चिरा टालेर झण्डै एक घण्टापछि विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
आकाशमै होल्ड गरिएको थाई एअरवेजको जहाज विमानस्थल मर्मतपछि भर्खरै अवतरण गराइएको छ ।