काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए।
पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।
छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ १५ आईतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।