शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

म्याद थपका लागि सिरोहियालाई अदालत लगिँदै

शुक्रबार, जेष्ठ ११ २०८१

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा ३ दिन अघि कान्तिपुरको मुख्यालय काठमाडौंबाट उनी पक्राउ परेका थिए ।

यसअघि धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । सो म्याद बिहीवार नै सकियो । तर बिहीवार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लाने तयारी गरेको हो ।