काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ।
बैठक अहिले विहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दैछ ।
हिजो बैठकमा कार्यदलका सदस्यहरुबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरुको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।
सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न नसके पछि पछिल्लो बैठकहरू निस्कर्षबिहीन बन्दै आएका छन् ।
संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।