शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

क्रिकेटर सन्दीपको भिसाका लागि सरकार थाल्यो पहल

बिहिबार, जेष्ठ १० २०८१

काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

यसैबीच लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकारले पहल थाल्ने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले हिजै खेलकुद परिषद, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । सबैले यसलाई गम्भीरतापूर्वक लिएको क्यान स्रोतले बतायो ।

खासगरी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सक्रियतापूर्वक पहलकदमीमा लागेका छन् ।

क्यान सचिव पारस खड्का र सन्दीपसँग उनको आज बिहानैदेखि छलफल भइरहेको छ ।