शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउबारे प्रधानमन्त्री : प्रतिषोध साँधेकाे भन्ने आराेप गलत हाे

बुधबार, जेष्ठ ९ २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धाराणा सार्वजनिक गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले कुनैपनि प्रतिषोध राखेर पक्राउ नगरेको प्रष्टीकरण दिए ।

संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताउँदै बढी होहल्ला गर्न जरूरी नभएको बताए ।

‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, ’ उनले भने । सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ’ ।

नागरिकताका सन्दर्भमा उजुरी परेपछि सिरोहियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।