काठमाडौं । काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ परेका कैलाश सिरोहियालाई जनकपुर लगिएको छ ।
उनलाई अहिले बिहान जनकपुरस्थित धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पु-याइएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरिएको हो । अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो ।
राति नै सिरोहियालाई प्रहरीको गाडीमा राखेर जनकपुर लगिएको थियो । एक व्यक्तिको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो ।
तर आफूलाई नागरिकताको विषयमा नभएर सहकारी बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको उनले दाबी गर्दै आएका छन् ।