मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

२१ सय अंकबाट उक्लियो नेप्से

झण्डै २४ अंकले बढ्दा पाँच अर्ब २० करोडको सेयर किनबेच

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । नेप्से २१ सय अंकबाट उक्लियो भएको छ । अघिल्लो दिन २७ दशमलव ५४ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २३ दशमलव ९४ अंकले बढेर २१ सय १५ दशमलव ९४ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५३ अंकले बढेर तीन सय ७७ दशमलव ६० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ७३ हजार छ सय ६७ पटकको कारोबारमा एक करोड ३२ लाख ४१ हजार दुई सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २० करोड ६२ लाख आठ हजार एक सय ११ रुपैंयाँ पुगेको छ ।

नेप्समा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बिकास बैंक समुहको सुचक १२ दशमलव २४ अंकले घटेर चार हजार एक सय ५० दशमलव २८ अंकमा झरेकोमा व्यापार समुहको सुचक पनि १४ दशमलव ९७ अंकले घटेको छ ।

बाँणिज्य बैंक समुहको सुचक भने १९ दशमलव ९८ अंकले बढेर ११ सय ४४ दशमलव २८ अंकमा पुगेकोमा फाईनान्स समुहको सुुचक पनि ७५ दशमलव १५ अंकले बढेर २१ सय ८९ दशमलव २८ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५३ दशमलव ५७ अंकले बढेर २५ सय ३३ दशमलव १९ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि १९ दशमलव १८ अंकले बढेर १० हजार चार सय ४५ दशमलव ७५ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ६१ अंकले बढेर १० हजार नौं सय ९६ दशमलव ६० अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शाईन रेसुंगा डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स पहिलो स्थानमा परेको छ ।