शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

नाराबाजीका बीच प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ भने राजनीतिक दलसम्बन्धी ऐन फिर्ता र उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलन सम्बन्धी अध्यादेश संसद्मा पेश गरेका छन् ।

मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गरेका छन् ।

त्यसबेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।