काठमाडौं । काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।
भक्तपुरको छालिङ-७ का ५२ वर्षीय कृष्ण नगरकोटी थलीमा घाँटी काटिएको अवस्थामा मृत भेटिएका थिए । थलीबाट साँखुतर्फ जाने उकालोमा उनकाे शव भेटिएकाे थियाे ।
यता उनका छोरा पनि घाइते अवस्थामा फर्पिङमा फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ ।
कृष्ण ट्याक्सी चालक भएको खुलेको छ । घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा उनी फेला परेका थिए । उनको साथमा रहेको सवारी लाइसेन्सका आधारमा उनको पहिचान खुलेको थियो ।
घटना शंकास्पद भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।