बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

मंगलबार, जेष्ठ ८ २०८१

सहकारी छानबिन समितिको टिओर बनाउने कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने छ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

कार्यादेश टुंगो लाग्न पछिल्ला संसदीय गतिविधिका कारण केही कठिन भएको देख्न सकिन्छ । काँग्रेससहितका विपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै कार्यादेश बनाउनुपर्ने माग गरेका छन् । तर सत्तापक्ष नाम नराखि समिति बनाउनेतर्फ उन्मुख हुँदा सहमति जुट्न सकेको छैन ।

सोही बीचमा मंगलबार कांग्रेसको नाराबाजी र विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस आक्रोशित बनेको छ ।