शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

विश्वासको मत लिँदा कांग्रेसले देखाएको व्यवहारकाे धेरै चर्को मूल्य पर्नेछ : प्रधानमन्त्री

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन काँग्रेससहितका प्रतिपक्ष दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे ।

राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभइ सक्रिय विश्वासको मत चाहिएको उनले बताए । उनले विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

विश्वासको मत लिने बैठकमा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित भएका छन् ।

उनले कांग्रेसले अहिले संसदमा गरिरहेको गतिविधिले उसलाई निक्कै भारी पर्ने बताए ।

उनले भने, ‘जुन प्रधानमन्त्रीले तपाईँहरूलाई पटक पटक साथ दियो। अहिले पनि संवाद र सहकार्यमा ल्याउन प्रयास गरिरहेको छ। त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। त्यो प्रति दुख व्यक्त गर्छु। त्यो कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ।’

विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।