मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कुमारी बैंक र होटल भिन्ताज होमबिच सम्झौंता

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्ताज होमबिच सम्झौंता भएको छ । भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंकका ग्राहकहरुलाई होटल भिन्ताज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहमहरुले होटल भिन्ताज होम बाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआर द्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ । यो सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।