बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कांग्रेसको अवरोध पछि संसद बैठक १५ मिनेटका लागि स्थगित

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेट बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए ।

उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेसले नाराबाजी गरेको थियो ।

सभामुख  घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रक कांग्रेसले अस्वीकार गरेकाे छ ।