बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

७ सांसदविरुद्ध सर्वोच्चमा उपेन्द्र यादवले दायर गरेको रिटकाे सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

सोमबार, जेष्ठ ७ २०८१

काठमाडौं । जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

आइतबार यादवले दायर गरेको सो रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ ।
यसअघि यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।